नेपालमा थप २ सय ४० लाई कोरोना पुष्टि

पोखरा । नेपालमा थप २ सय ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा २ सय ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये ८७ जना महिला तथा १ सय ५३ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

हाल नेपालमा ४ हजार ५८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ३ हजार ८ सय १९ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ४ सय ७७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६१ हजार ४४ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा थप ६ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ९ सय ५४ जना पुगेको छ ।

हाल नेपालमा ३ हजार २ सय ३५ कोरोना भाइरस संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै १ सय ६९ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा ३८ जना कोरोना भाइरस संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै कालिकोट, रुकुम पश्चिम तथा मुगु सक्रिय कोरोना भाइरस संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला हो ।

कमेन्टहरु
Loading...