भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन रुपमा प्रयोग गर्न पाउने भएको छ ।

औषधी व्यवस्था विभागले नेपालमा कोरोना भाइरसविरुद्धको सेरम इनिस्च्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ लाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको हो ।

भारतीय संस्करणको यो खोप अक्सफोर्ड विश्वविद्यालयले एस्ट्रानेजेकासंग मिलेर विकास गरेको हो ।

यस अगाडि भारतले समेत यही खोपलाई आफ्नै देशमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । नेपालका लागि भने औषधी विभागले २ दिन अगाडिमात्र कोरोना भाइरसविरुद्ध आपतकालीन प्रयोगका लागि खोप दर्ता आह्वान गरेको थियो ।

कमेन्टहरु
Loading...