प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध कांग्रेसको विरोध कार्यक्रममा सहभागी हुनुस्ः सभापति देउवा

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा माघ ३ गते अर्थात् भोलि नेपाली कांग्रेसले देशभरी विरोध प्रदर्शन कार्यक्रम आयोजना गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपश्चात् भोलि शनिबार कांग्रेसले ७ सय ५३ वटा स्थानीय तहहरुमा विरोध कार्यक्रम आयोजना गर्ने भएको हो ।

यस अगाडि कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्र तथा पुस २५ गते ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सरकारको विरोध स्वरुप प्रदर्शन गरेको थियो । यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले भोलिको विरोध कार्यक्रममा सहभागी हुन सबैलाई अपील गरेका छन् । सभापति देउवाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक तथा असंवैधानिक कदमविरुद्ध एकजुट भएर विरोध कार्यक्रममा सहभागी हुन अनुरोध गरेका हुन् ।

कमेन्टहरु
Loading...