काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्ध परेका रिटहरुमा आज पनि सुनुवाई हुँदैछ । आज पनि संवैधानिक इजलासमा सुनुवाई हुने छ । यस अगािड बुधबार आज शुक्रबार पुनः सुनुवाई गर्ने निर्णय सहित हेर्दाहेर्दैमा राखिएको थियो ।
आजको संवैधानिक इजलासमा पनि प्रधानन्यायधीष चोलेन्द्रसमशेर जबरा सहित न्यायधीषहरु अनिलकुमार सिन्हा, तेजबहादुर केसी, सपना मल्ल प्रधान तथा विश्वम्भरप्रसाद श्रेष्ठले निरन्तरता पाउने छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाई बहत् पूर्ण इजलासमा वा संवैधानिक इजलासमा गर्ने भन्ने विषयमा बहस भएको थियो । आज पनि सोही विषयमा बहस हुने स्रोतले जानकारी दिएको छ ।