माघ १० गते नेपाल बन्द घोषणा

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले माघ १० गते नेपाल बन्द घोषणा गरेको छ ।

नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेकपाले बन्द घोषणा गरेको हो ।

बिहीवार प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले माघ ३ गतेदेखि १० गतेसम्म कञ्चनको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

कमेन्टहरु
Loading...