टुटेपानी सामुदायिक होमस्टे माघ १५ देखि खुल्ने

तनहुँ संवादाता ।

भानु नगरपालिका– १३ स्थित टुटेपानी होमस्टे दश महिनापछि सन्चालनमा आउने भएको छ ।

कोरोना भाइरस (कोभिड– १९) का कारण बन्द भएको होमस्टे माघ १५ गतेदेखि संचालनमा ल्याउने तयारी भैरहेको टुटेपानी सामुदायिक होमस्टेका अध्यक्ष क्या होमबहादुर गुरुङले जानकारी दिए ।

‘विस्तारै होमस्टेले आम्दानीको स्रोतमा वृद्धि गरेको थियो, गाउँका फुर्सदिला महिलाहरुले पनि काम पाएका थिए । त्यस्तै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको थियो । तर विस्वव्यापीरुपमा फैलिएको कोरानका कारण यहाँको पर्यटन क्षेत्रमा समेत असर पार्यो,’ उनले भने ।

लकडाउन अघिसम्म तनहुँका विभिन्न ठाउँमा रहेका होमस्टेहरुमा आन्तरिक पर्यटनको भिडभाड बढेको थियो । तर अकस्मात देखिएको कोरोनाको कारण जताततै बन्दाबन्दी भयो जसले गर्दा पर्यटन क्षेत्रसमेत नराम्ररी प्रभावित बन्यो । कोरोनाका कारण हरेक क्षेत्र बन्द भए तर पछिल्लो समय भने होमस्टे व्यवसायीले विस्तारै सन्चालनमा ल्याउने तयारी गरेका छन् ।

टुटेपानी सामुदायिक होमस्टे माघ १५ गतेदेखि खुल्ने अध्यक्ष गुरुङले बताए । उनले भने स्वास्थ्य सावधानी अपनाएर होमस्टे चलाउँछौ अव होमस्टेमा रमाउन चाहनेहरुका लागि खुल्ला गरिएको छ ।

गुरुङ समुदायको बाहुल्यता रहेको टुटेपानीमा १६ घर मिलेर त्यहाँ होमस्टे सन्चालन गर्दै आएका थिए । शुक्रबार र शनिबार पाहुना राख्न भ्याइनभ्याइ हुन्थ्यो आम्दानी पनि राम्रै हुन्थ्यो विगतका दिन सम्झदै अध्यक्ष गुरुङले भने अव फेरी ति दिन फर्काउनको लागि होमस्टे सन्चालनमा ल्याउन लागिएको हो ।

होमस्टेमा अर्गानिक खाना खुवाउनुका साथै आएका पाहुनालाई होमस्टेका सदस्यहरुले परम्परागत भेषभुषा लगाएर फुलमालाले स्वागत गर्ने गर्दछन् ।

कमेन्टहरु
Loading...