काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ भएको उक्त भेटमा दाहाल नेपाल समुहले देउवासँग संयुक्त सडक आन्दोलन प्रस्ताव राखेको छ ।
भेटवार्ता प्रतिनिधि सभा विघटनविरुद्द संयुक्त सडक आन्दोलन गर्नेमा केन्द्रीत थियो । उक्त भेटमा सभापति देउवासँग कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि थिए। भेटमा सहभागी कांग्रेस नेता लेखकका अनुसार तीन नेताको भेटमा प्रतिनिधि सभा भंगको विषयमा नै मुख्य छलफल भएको थियो।
देउवाले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख रहेको ठहर पार्टीले गरिसकेको प्रचण्ड(नेपाललाई सुनाए।प्रचण्ड र नेपालले ओली कदमविरूद्ध संयुक्त आन्दोलनमा जान प्रस्ताव गर्दै देउवाको सहयोग मागेका छन्। देउवा निवासमा ४५ मिनेट कुराकानी गरेर प्रचण्ड(नेपाल फर्केका थिए।