शंकर पोखरेल फेसबुकमा लेख्छन्, ‘प्रचण्ड षडयन्त्रको वाटोवाट सत्तामा पुग्ने हतारोमा हुनुहुथ्यो’

काठमाडौं ।  नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड सहमती होइन षडयन्त्रबाट सत्तामा पुग्ने हतारोका कारण पार्टी एकता संकटमा पुगेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले आफु पार्टी एकताका लागि अन्तिमसम्म प्रयासरत रहेको बताउँदै प्रचण्ड एकताप्रति एकरती पनि सकारात्मक नदेखीएको बताएका छन् ।

‘प्रतिनिधि सभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिए जनार्दन शर्माको साथमा । त्यसदिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वकासाथ सुझाएको थिए । तर कमरेड प्रचण्ड त्यसप्रति एकरती पनि सकारात्मक देखिनुभएन । मेरो तर्फवाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनुभएन । उहाँ आफ्नो भित्रि योजनामा निकै प्रतिवद्ध भइसक्नु भएको रहेछ । उहाँ सहमतिमा होइन, षडयन्त्रको वाटोवाट सत्तामा पुग्ने हतारोमा हुनुहुदो रहेछ । नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम वेहोर्दै छौ । ‘, उनले फेसबुकमा लेखेका छन् ।

प्रतिनिधिसभा विघटन कारण नभइ परिणाम भएको उल्लेख गर्दै उनले पार्टी प्रणालीमा सुधार नै नयाँ एकताको आधार बताएका छन् ।

पोखरेलले नयाँ जनादेशको वाटोवाट नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकतावद्ध गर्नका लागी आग्रह समेत गरेका छन् ।

‘पार्टी पद्धतीको सुधारका माध्यमवाट नयाँ युगको सारथीको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ गरौ ।’,उनले लेखेका छन् ।

कमेन्टहरु
Loading...