गन्थन डेस्क । नेकपाका दुई पक्षमा विभाजित भइसकेपछि मंगलबार पोखरामा नेकपा, पुष्पकमल दाहाल– माधव नेपाल (दाने) समर्थित बृहत पार्टीको कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा दुईवटा नारा सुनिएको छ ।
भेलामा दाहाल र नेपाल समर्थक कार्यकर्ताले आ–आफ्नो नारा लगाएका थिए। पार्टीभित्रको आन्तिरक कलहले दुई पक्षमा विभाजित भइसकेको नेकपाको अर्को पक्षभित्र समेत यसरी गुटबन्दीको नारा सुनिएको छ। कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेललगायतको सहभागिता रहेको छ ।