पोखरा । नेपालमा थप ४ सय ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ४ सय ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये १ सय ९२ जना महिला तथा २ सय ९६ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ ।
हाल नेपालमा ४ हजार ३ सय ७३ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ५ सय २७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा थप १० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ९ सय २७ जना पुगेको छ ।
हाल नेपालमा १ हजार १ सय ४३ जना कोरोना भाइरस संक्रमितह संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै १ सय ६३ कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार नेपालमा ३७ जना कोरोना भाइरस संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै ताप्लेजुङ तथा मुगु सक्रिय कोरोना भाइरस संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला हो ।