पोखरा । पोखरा उद्योग वाणिज्य संघको हिजो भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । स्रोतले दिएको जानकारी अनुसार संघको उद्योगतर्फका उपाध्यक्षमा गोर्कण ३ सय बढी मतले विजयी भएका छन् । उनी विन्दु सुवेदी प्यानलका तर्फबाट चुनावमा होमिएका थिए ।
त्यस्तै नारायण कोइराला प्यानलबाट महासचिव पदमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य,र उपमहासचिवमा केशव बहादुर खत्री विजयी भएका छन् ।