दिपक के श्रेष्ठ
प्रधानमन्त्री विरुद्ध काठमाण्डाैंकाे माइतिघरमा प्रदर्शन गरेको दाहाल–नेपाल (दाने) समर्थित अनेरास्ववियुको बयलगाडा प्रदर्शन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
‘केपी चोर, देश छोड’, ‘केपी तेराे पाराले, दुख पाए साराले’ जस्ता नारा लगाउँदै बयलगाडा प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गर्दा केही विद्यार्थी घाइते भएका छन् । केही समयसम्म दुबै पक्षबीच झडप भएपछि स्थिति केही सहज भएको थियो ।
सांकेतिकरुपमा बयलगाडा प्रदर्शनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले केपी ओली अब बयलगाडा चढेर बालकोट जाने दिन आएको बताए । उनले ओलीको अधिनायकवादविरुद्ध विद्यार्थीहरुले आन्दोलन सुरु गरेको बताउँदै यसलाई टुंगोमा पु¥याएरै छाड्ने बताए ।
ओलीको प्रतिगमन नसच्चिएसम्म विद्यार्थीहरु प्रत्येक दिन आन्दोलनमा निस्कने उल्लेख गरे । उनले प्रतिगामीहरु अहिले सत्तामा रहेको भन्दै ओली प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक नभएको प्रतिक्रिया दिए ।
त्यस्तै, विद्यार्र्थी नेतृ आरती लामाले प्रहरीबाट खोस्दा भाँच्चिएको लट्ठी देखाउँदै दोस्रो जनआन्दोलनमा अनेरास्ववियु सडकमा उत्रदा ओली कोठाभित्रै बसेर गणतन्त्रविरुद्ध लागेको आरोप लगाइन् ।