गन्थन डेस्क
प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला राष्ट्रियसभामा सम्बोधन गरिरहेका छन् ।
सम्बोधनकाक्रममा उनले सरकार देश विकासमा निरन्तर लागिरहेको भन्दै यसबीचमा रानीपोखरी पुनर्निमाण गरेर उद्घाटन गरेको उल्लेख गरे । विकासका लागि स्थायी सरकार आवश्यक रहेको तर बीचैमा सरकार गिराउने खेल सुरु गरेको भन्दै उनले नेकपाकै अर्काे पक्षमाथि टिप्पणी गरे ।
उनले लिपुलेक, लिम्पियाधुरा समेटिएकाे नेपाली भूभाग नक्शामामात्र नभइ वास्तविकरूपमै समेट्ने बताएका छन् । त्यस्तै, हालसम्मकाे सम्बाेधनमा उनले अाफुलाइ राष्ट्रवादी प्रमािणत गर्न कसरत गरिरहेका छन् ।
अन्य दिनको भन्दा आजको भाषणमा उनको शैली केही नरम छ । सम्बोधनको क्रम जारी छ ।