पोखरामा ८ जना कोरोना संक्रमित थपिए

पोखरा । पोखरामा थप ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक जानकारी अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ र ४३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

८ नम्बर वडामा ३८ वर्षीय १ जना तथा १५ मा ५० वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा १७ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ र ६७ वर्षीय २ जना महिला तथा २५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै वडा नम्बर २५ मा २४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका अन्य जिल्लाहरु तनहुँमा २ जना, स्याङ्जामा १ जना तथा म्याग्दीमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ९ सय ५४ पुगेको छ ।

कमेन्टहरु
Loading...