पोखरा /सधै जसो मधेशमा मात्र केन्द्रित जनता समाजबादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओललिे संसद बिघटन गरेसँगै त्यसको बिरोधमा पहाडी जिल्लाहरुमा पनि आन्दोलनका कार्यक्रम लिएर उक्लिन थालेको छ । आन्दोलनकै क्रममा गण्डकी प्रदेशभर रहेका जिल्लाहरुबाट प्रदेश सदरमुकाम पोखरामा नेता कार्यकर्ता उतारेर शक्ति प्रर्दशनको तयारीमा जसपा रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरेपछि उक्त कदम असंबैधानिक र प्रतिगामी भएको भन्दै जनता समाजवादी पार्टी, गण्डकी प्रदेशले यहि पुष २९ गते पोखरामा बृहत जनप्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री ओलीको कदम असंबैधानिक तथा जनआन्दोलन २०६२र ०६३ को मर्म र उपलव्धीकै विरुद्धमा रहेकोले उक्त कदमका विरुद्ध सडकबाटै दवाद दिनका लागि कार्यक्रमको आयोजना गरिएको जनप्रदर्शन प्रचार–प्रसार समितिका संयोजक किरण थापाले बताए ।
जन प्रदर्शनलाई सम्बोधन गर्न जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु डा।बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र शरदसिंह भण्डारी पोखरा आउने थापाले जानकारी दिए ।
जसपा गण्डकीद्धारा आयोजित उक्त कार्यक्रममा करिव ५ हजार मानिसको सहभागीता रहने आयोजकले दावी गरेको छ ।