सरकारको होइन, ओलीको निरंकुश शासनको विरोध गरिएको होः नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैंले प्रस्ताव गरेको तर अहिले आफैंलाई घाँडो भएको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै नेता नेपालले प्रधानमन्त्री ओलीले पूतिनिधिसभा विघटन गरेर हत्याको प्रयास गरेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओली जनताले दिएको बहुमतबाट प्रधानमन्त्री बनेको र बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको बताएका छन् । ओलीले राम्रो संस्कार निर्वाह गर्न नसकेको उनको आरोप रहेको छ ।

प्रधानमन्त्री ओलीले हरेक पटक सरकारलाई आफ्नै पार्टीले घेराबन्दी गरेर काम गर्न दिइएन भन्ने विषय दोहो¥याउने बताउँदै उनले सरकारलाई नभएर ओलीको निरकुंश शासनको विरोध गरिएको दावी गरेका छन् ।

कमेन्टहरु
Loading...