गन्थन डेस्क
गण्डकी प्रदेश सांसद राजीव पहारीले सोमबार पोखरा महानगर वडा ६ स्थित नहरमार्गमा ५ सय मिटर ढलान बाटोको शिलान्यास गरेका छ्न्।
शिलान्यासकाक्रममा सांसद पहारीले विकासबाहेक अन्य सपना नभएको बताउँदै आफ्नो निर्वाचन क्षेत्र उदाहरणीय बनाउने बताए । पर्यटकीय क्षेत्र लेकसाइडलाई सिंगार्ने दायित्व पुरा गर्ने भन्दै उनले निर्वाचन क्षेत्र कास्की ३ (ख)मा सञ्चालित विकासे आयोजनाबारे जानकारी दिए ।
शिलान्यास कार्यक्रममा जिल्ला इन्जिनियर किरण आचार्य, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेल, वडाध्यक्ष जगत पहारी, होटेल एसोसिएसनका केन्द्रीय सदस्य भरतराज पराजुलीलगायतको उपस्थिति थियो ।
परिधि कन्स्ट्रक्सनद्वारा निर्माण हुने उक्त ढलान बाटोको कूल लागत ४७ लाख ७० हजार रुपैयाँ रहेको छ ।