पोखरामा थप २५ जनालाई कोरोना पुष्टि, वडा नं १७ मा ८ जनालाई संक्रमण

पोखरा । पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
६ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २९ वर्षीय १ जना महिला तथा २७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ८ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १३ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २२ र २७ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १४ मा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४३ वर्षीय १ जना महिला सहित ३९, ४५, ५५ र ८५ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१६ नम्बर वडामा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २९, ५० र ५१ वर्षीय ३ जना महिला तथा ४२ र ५५ वर्षीय २ जना पुरुष रहेका छन् ।

वडा नम्बर १७ मा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३ जना महिला तथा ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २१, ५८ र ८६ वर्षीय ३ जना महिला सहित २४, २६, ३३, ५० तथा ८४ वर्षीय ५ जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २५ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

यस्तै स्याङ्जामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सो जिल्ला अन्तरगत पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ६५ वर्षीय पुरुष हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ७ सय २५ पुगेको छ ।

 

कमेन्टहरु
Loading...