पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ६ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा पोखराको फिस्टेल अस्पतालमा आज बिहाज पौने ६ बजे ज्यान गएको हो । उनलाई पुस १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ९४ पुगेको छ ।