प्रचण्डले छापामार शैलीमा प्रधानमन्त्रीविरुद्ध आरोपपत्र प्रस्तुत गरेः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका नेता इश्वर पोखरेलले पार्टीभित्रै कै केही नेताहरुको जंगली व्यवहारले अहिलेको अवस्था उत्पन्न भएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित जिललास्तरीय भेलालाई सम्बोधन गर्दै उनले अहिले अवस्था अचानक आएको नभएको बताएका हुन् । ‘घटनाहरु एक्लाएक्लै आउँदैनन्, नेपाली राजनीतिमा यो परिस्थितिमा आउनु हिजो भ्रुणहरु विकसित हुँदै थिए ।’ उनले भने ।

नेकपाको प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साना दलहरुसंग मिलेर प्रधानमन्त्री बन्ने रणनीति तय गरिसकेको उनले आरोप लगाएका छन् । प्रचण्डले प्रधानमन्त्री बन्ने दाउ बुनेको र यसको विवेचना गरिनुपर्ने बताए ।

कांग्रेससंग मिलेर प्रधानमन्त्रीका लागि प्रचण्डले गरेको सहमतिको कागज अहिले पनि सुरक्षित रहेको उनले दावी गरेका छन् । ‘निर्वाचन लड्ने एउटासंग मिलेर अनि प्रधानमन्त्री बन्ने खोज्ने अर्को दलसंग मिलेर ।’ उनले भने, ‘यो चत हामीले पछिमात्र थाहा पायौं ।’ रिक्त रहेको संवैधानिक निकायमा समेत नियुक्त गर्नुप¥यो भन्दा प्रचण्डले नमान्ने गरेको उनको दावी थियो ।

कार्तिक २८ गतेको. बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध छापामार शैलीमा आरोपपत्र प्रस्तुत गरेको उनले आरोप लगाएका छन् । ‘एउटा पार्टीको अध्यक्षले अर्को अध्यक्षलाई हुँदै नभएको आरोप लगाएर छापामार शैलीमा आरोपपत्र प्रस्तुत गरेर पार्टी सञ्चालन गर्न कसरी गर्न सकिन्छ ?’ उनले प्रश्न गर्दै भने । प्रचण्ड निवास खुमलटार पुगेर प्रधानमन्त्री ओलीले समस्यामा आन्तरिक छलफल गर्न सकिन्छ भन्दा समेत प्रचण्डले कुनै सुनुवाई नगरेको उनको आरोप थियो । ‘भित्रभित्रै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव दर्ता गर्ने तथा राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने योजना भएको रहेछ । यो गम्भीर षड्यन्त्र थियो ।’ उनले भने ।

हरेक पल परिर्वतन हुने प्रचण्ड तथा कुण्ठाको भारी बोकेर हिड्ने माधवकुमार नेपालको कारणले पार्टीको यो दुभाग्र्यपूर्ण अवस्थामा आएको उनको भनाई थियो । यो स्थिति हिजोदेखि जम्मा हुँदै आएको र आज उत्कर्षमा पुगेको उनले बनाए । महाधिवेशन अगाडि नै अध्यक्ष पद छोड्नुपर्छ भन्ने हो भने यसको विरुद्धमा आफूहरु एकजुट भएर लाग्ने उनले चेतावनी दिएका छन् ।

कमेन्टहरु
Loading...