काठमाडौं । राष्ट्रियसभाका १ जना सांसद तथा ५ जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हिजो बिहीबार स्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा १ जना सांसद तथा ५ जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बिहीबार ४४ जना सांसद तथा ५६ जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।
जसमध्ये १ जना सांसद तथा ५ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको हो ।