नेतृ पालको प्रधानमन्त्रीलाई सुझावः संघीयता नेतालाई जागिर खुवाउने ठाउँमात्र भयो, खारेज गर्ने आँट गर्नुस्

काठमाडौं । संघीयता बढी खर्चिलो भएको तथा प्रदेश सरकारको कुनै काम नदेखिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नेतृ निरु पालले संघीयता खारेज गर्न सुझाव दिएकी छिन् । सांसद पालले स्थानीय तहलाई थप बलियो बनाएर लैजाने तथा संघीयता नै खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी हुन् ।

‘सम्माननीय प्रधानमन्त्री ज्यु आट गर्नुस् । संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ केन्द्रको मन्त्रीमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस् ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘नेपाली जनताको मनमस्तिष्क सधैं बस्नुहुनेछ । मेरो व्यक्तिगत विचार ।’ नेतृ पालले संघीयता खारेज गर्नुपर्छ भनेर पहिलो पटक नभनेको समेत बताएकी छिन् । हाल नेपालको संघीयता नेतालाई जागिर खुवाउनेमात्र ठाउँ भएको उनको भनाई छ ।

विघटित प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सदस्य रहेकी नेतृ पाल नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुह निकट छिन् । २०७२ सालमा वर्तमान प्रधानमन्त्री ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेतृ पाल प्रधानमन्त्रीको सल्लाकार समुहमा थिइन् ।

कमेन्टहरु
Loading...