काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन आज अपरान्ह ४ बजेबाट बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि पहिलोपटक बैठक बस्दै छ । आजको राष्ट्रियसभामा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउने तथा दलका नेताहरुले बोल्ने, अध्यादेश अनुमोदन तथा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ पेश गर्ने कार्यसूची रहेको छ ।
