राष्ट्रियसभाको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपतिले आह्वान गरेको राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी थिईन् ।

त्यसको अघिल्लो दिन बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पहिलो बैठकमा संसदीय दलका नतोहरुले सम्बोधन गर्ने सहमति जुटाएको हो । अधिवेशन आह्वान र मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पनि पेस हुनेछ ।

यो अधिवेशनमा केही अध्यादेश, समिति गठनसम्बन्धी आदेश, संवैधानिक आयोगहरुको प्रतिवेदन र राष्ट्रियसभाका विषयगत समितिका प्रतिवेदन पेश हुने बताइएको छ ।

कमेन्टहरु
Loading...