कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने चुनौती युवाको काँधमा : पूर्वमन्त्री जगत विश्वकर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले शिर्ष नेताहरुका कारण संकटमा परेको नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने अभिभारा युवाहरुको काँधमा आएको बताएका छन् ।

बुधबार पोखरा-१८ वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री विश्वकर्माले पार्टीका शिर्ष तहका नेताहरु आत्मेकिन्द्रत भएर निहीत स्वार्थमा लाग्दा नेपालको कम्युनिष्ट आन्दोलनमा संकट आउनु दुर्भाग्यपूर्ण परिस्थिति भएको बताए।

उनले अहिले पार्टीले लिएको जनताको बुहदलिय जनबादको नीति, विचार, सिद्धान्त र मूल्य मान्यताहरुलाई आत्मसाथ गरेर नै नेपालको कम्युनिष्ट आन्दोलनले उचाई हासिल गरेकाले यसलाई नै निरन्तरता दिनुपर्ने धारणा राखे ।

‘पार्टीको अहिले लिएको नीति विचार र सिद्धान्तको सहपिना पुष्टि भएर विश्व कम्युनिष्ट आन्दोलनमा नेपालले बनाएको विशिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने चुनौतीलाई पुरा गर्न सबै युवाहरु एकतावद्ध भएर अगाडी बढ्नुपर्छ’, उनले भने ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य दिपक पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काम गर्न नदिने, घेराबन्दी गर्ने, असहयोग गर्ने र भएका कामहरुको पनि सकारात्मक प्रचार नगर्ने जस्ता गतिविधि बढ्दै जादा आजको दुर्भाग्यपूर्ण स्थिति आएको बताउँदै सहि र गलतको फैसला गर्ने जिम्मा जनताको भएको बताए ।

भेलामा वडा कमिटी अध्यक्ष पुस्कल बहादुर थापाले सराङ्कोटबासीको साथमा सराङ्गकोट वडा कमिटि रहने बताए ।

उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओलीले गरेको निर्णय स्वागत योग्य रहेको धारणा राख्दै युवाहरु एकवद्ध भएर विकास र समृद्धिको बाटोमा नै अगाडी बढ्नुपर्नेमा जोड दिए ।

उक्त भेलामा पोखरा वडा नं १८ का युवा तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...