पोखरामा थप १३ जनामा कोरोना पुष्टि

पोखरा । कास्कीमा थप १४ जना सहित गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका संक्रमितमध्ये १४ जना कास्की जिल्लाका रहेका छन् । जिल्लामा थपिएका १३ जना नयाँ संक्रमित पोखरा महानगरपालिकाका रहेका छन् भने १ जना रुपा गाउँपालिकाका रहेका छन् । त्यस्तै बागलुङमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ३६ पुगेको छ ।

कमेन्टहरु
Loading...