पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको कन्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः विष्णु प्रसाद बराल निर्वाचित भएका छन् ।
सहकारीको १२ औ साधारण सभा तथा ५ औं अधिवेशनले बराललाई पुनः अध्यक्षमा निवार्चित गरेको हो ।
आफ्नो कार्यकालमा सबै शेयर सदस्यलाई एकै हिसाबले समेट्ने र सहकारीको प्रमुख प्राथमिकता नाफा भन्दा गुणस्तरिय सेवामा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।
बरालले धन्यवाद व्यक्त गर्दै विश्व महामारीको यो जटिल अवस्थामा सबै शेयर धनीमा आफ्नो र परिवारको स्वास्थ्यको ख्याल राख्न पनि आग्रह गरेका छन्।