पक्राउ परेका युवा नेता बाँस्तोला छुटेपछि आन्दोलनकारीले सडक छोडे

पोखरा/संसद बिघटनको बिरुछ मशाल जुलुसका क्रममा सोमबार पोखराको पृथ्वीचोकमा आन्दोलनकारी र प्रहरीविच झडप भएको थियो । सधैजसो आज साँझ पनि प्रचण्ड नेपाल समुहका नेताकार्यकर्ताले प्रहरीलाई झुक्याएर मशाल जुलुस गरेको थियो ।

प्रहरीलाई यातायत कार्यलय नजिकबाट जुलुस निकाल्ने भने पनि आन्दोलनकारीले प्रर्दशनी केन्द्र नयाँ बजारबाट मशाल जुलुस निकालेको थियो । मशाल जुलुस पृथ्वीचोक पुग्दा जुलुशलाई प्रहरीले हस्तक्षेप गर्दा केहि समय पोखराको पृथ्वीचोक र सभागृहचोक तनाबग्रस्त बनेको थियो ।

आन्दोलन कै क्रममा दहाल नेपाल समुह कास्कीका युवा नेता बसन्त बाँस्तोलाई प्रहरीले गिरफ्तार गरेपछि आन्दोलनकारीहरुले सडकमा नै सुतेर बिरोध प्रर्दशन गर्दै बाँस्तोलाको रिहाई नहुन्जेलसम्म सडक नछाड्ने घोषणा गरेका थिए ।

आन्दोलनकारी युवा बिद्यार्थीले सडकमा नै बसेर बिरोधका कार्यक्रमहरु गरेको करिव दुई घण्टा पछि बैदाम प्रहरीले बाँस्तोलाई छाडेको थियो । बाँस्तोलालाई छाडे लगत्तै आन्दोलनकारीले सडक छाडेका थिए । रिहाई पछि बाँस्तोलालाई आन्दोलनकारीले खादा माला लगाएर सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...