पोउवाको निर्वाचनमा अध्यक्षको दाबेदारीसहित कोइराला प्यानल घोषणा

गन्थन डेस्क

पोखरा उद्योग वाणिज्य महासंघको यही पुस २४ गते हुने ३३ औं महाधिवेशनका लागि नारायण कोइरालाले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

सोमबार पोखरामा पत्रकारसँग भेटघाट गर्दै कोइरालाले आफुसहित प्यानलको घोषणा गरेका छन् । कोइराला प्यानलको वरिष्ठ उपाध्यक्षतर्फ पवनकुमार प्रजापति र वाणिज्यअन्तरगत उपाध्यक्षतर्फ अर्जुन पोखरेल चुनावी मैदानमा उत्रिने भएका छन् ।

त्यस्तै, कोइराला प्यानलबाट उद्योगतर्फको उपाध्यक्षमा चिनुकुमारी गुरुङदे उम्मेदवारी दिने भएकी छिन् । यसैगरी, महासचिव, कोषाध्यक्ष र उपमहासचिवमा क्रमशः सुरेन्द्रमान बिजुक्छे, बलराम आचार्य र केशवबहादुर खत्री रहेका छन् ।

सदस्यमा कुमारी मुना बाँस्तोला, दिनेशचन्द्र बाँस्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिवल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला रहेका छन् ।

यसैगरी, एशोसिएट्सतर्फ हरिहर सापकोटा र हर्कबहादुर अधिकारी रहेका छन् ।

कमेन्टहरु
Loading...