पोखरा । पोखरामा थप २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक जानकारी अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ३ मा १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ५७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
४ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २९, ५० र ७४ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ र ६५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ६ मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितहरु ३ वर्षीय २ जना र ३५ वर्षीय १ जना महिला सहित ३२ वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४७ र ५७ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
१२ नम्बर वडामा ४१ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १३ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ वर्षीय १ जाना महिला सहित ७१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १४ मा २० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २९ वर्षीय १ जना महिला तथा ३२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
१७ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ र ६७ वर्षीय २ जना महिला तथा ५५ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा १९ मा ४० वर्षीय १ जना पुरुष तथा २५ मा ७१ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर २६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६२ वर्षीय १ जना महिला तथा ६३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ३२ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ र ३६ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशका अन्य जिल्ला तनहुँमा ३ जना तथा स्याङ्जामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ४ सय ९ पुगेको छ ।