संसद विघटन विरुद्ध पोखरामा कांग्रेसको विरोध कार्यक्रम

पोखरा । संसद विघटनको विरोधमा पोखरामा विरोध तथा प्रदर्शनका कार्यक्रमहरु दैनिक जस्तो भइरहेका छन् । यसैबीच देशैभरी विरोध गर्ने कार्यक्रम तय भए अनुसार नेपाली कांग्रेसले पोखरामा पनि सरकारको विरोध कार्यक्रमको आयोजना गरेको छ ।

पोखरामा नेपाली काग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ कास्कीले आयोजना गरेको हो ।

सभागृहबाट सुरु भएको ¥यालीमा प्रधानमन्त्री ओली राजीनामा दे, नालायक कम्युनिस्ट सरकार मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगायतका नारा लगाइएको थियो ।

¥यालीमा झडपको स्थिति सिर्जना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कमेन्टहरु
Loading...