प्रेस संगठनमा जुहारी: प्रचण्ड पक्षले संस्थापनको दाबी

पोखरा । प्रेस संगठन नेपाल कास्कीको विवाद अझ चुलिएको छ ।

संयोजक माधव वरालले आफुसंग समनवय नगरी कार्यक्रम गरि विरोध जनाएको केही घण्टामा नै सह संयोजक सन्देश श्रेष्ठले आफुहरु संस्थापक बनेर सबै पत्रकारको अभिभावकत्व ग्रहण गर्न चाहेको भन्दै जवाफ फर्काएका छन् ।

श्रेष्ठले नेकपा ओली पक्षका केन्द्रीय सदस्य खगराज अधिकारीले आफु तिर आउन भन्दै पत्रकारहरुलाई फोन गरेको आरोप समेत लगाएका छन् ।

‘पत्रकार संगठन भित्र राजनीति छिरेपछि आजको कदम चालिएको हो । प्रिय माधवजी, हामी रहेको संगठन भित्रका पत्रकार साथीहरुलाई नेकपा ओली पक्षका केन्द्रीय सदस्य खगराज अधिकारीले हामी तिर आउनु पर्यो है भन्दै फोन गरिरहँदा पत्रकारिता स्वतन्त्र हुनुपर्छ भन्ने हामी कसरी टुलुटुलु हेरिरहन सक्छौं र ?’श्रेष्ठले फेसबुकमा लेखेका छन् ।

खण्डन सम्बन्धमा

पत्रकार संगठन भित्र राजनीति छिरेपछि आजको कदम चालिएको हो । प्रिय माधवजी, हामी रहेको संगठन भित्रका…

Posted by Sandesh Shrestha on Saturday, December 26, 2020

कमेन्टहरु
Loading...