पोखरा । वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ‘६३ युनिट’ संकलन भएको छ । पोखरा महानगरपालिका १० अमरसिंहचोकमा क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आजसम्पन्न रक्तदान कार्यक्रमबाट ६३ युनिट रक्त संकलन भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका वडा नं.१० का अध्यक्ष राजकुमार गुरुङले पहिलो रक्तदाता बिनोद केसीलाई ब्लडब्याग हस्तान्तर गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले लकडाउनको समयमा पनि इन्टरनेटको सेवासँगै सामाजिक भाव राख्दै रक्तदानको आयोजना गरेको भन्दै प्रशंसा गरे । उनले कोभिड–१९ कोरोना भाइरसको महामारीको समयमा रगतको अभाव भएको अवस्थामा वल्र्डलिंकको रक्तदान कार्यकमबाट संकलित युुनिटले थप टेवा पुग्ने धारणा राखे । गुरुङले नीजि संस्था वल्र्डलिंकले गरेको उदाहरणीय कार्यको अन्य संघ–संस्थाले समेत अनुकरण गर्नुपर्ने बताएका थिए ।
त्यस्तै गण्डकी प्रदेशका क्षेत्रीय प्रबन्धक युशफ श्रेष्ठले आधुनिक प्रविधि तथा इन्टरनेटको सेवा सुविधासँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले गत वर्षदेखि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए ।
‘हामीले गत वर्षदेखि सेवा सँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्य सहित रक्तदानको आयोजना गर्दै आएका छौं ।’ उनले भने, यस वर्ष झन यस्तो कोरोनाको महामारी छ । रगतको अभाव भएको भन्ने छ त्यसैले हाम्रो कार्यक्रमबाट संकलित युनिटले केही सघाउ पुग्नेमा विश्वस्त छौं ।’ अमरसिंह शाखाका प्रमुख विक्रम पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन बुद्ध विकले गरेका थिए ।