प्रधानमन्त्री केपी शर्मा ओलीले आठ नयाँमन्त्री नियुक्त गरेका छन् ।
उर्जा मन्त्रालय टोपवहादुर रायमाझी,सहरी विकास प्रभु शाह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक जुलीकुमारी महतो, मणि थापा खानेपानी, प्रेम आले वन , गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री, गौरी शंकर चौधरी श्रम मन्त्री , दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् । विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।
यस्तै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।
महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठलाई कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघी भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।