प्रदेश सभा हल कब्जा गरेर ओली समुहको युवाले गरे भेला

गन्थन डेक्स/कोरोना प्रकोप बढ्दै गएपछि गण्डकी प्रदेश सभाको कार्यालय नदिपुरबाट सारेर पोखरा सभागृहबाट संचालन गरेको थियो । प्रदेश सभा संचालनका लागि पोखरा महानगरपालिकासँग अनुरोध गरि प्रदेश सभाले हल प्रयो गर्दै आएको थियो । प्रदेश सभा बाहेकका अन्य कार्यक्रमहरु संचालन हुँदा नगरपालिकामा अनुमति लिएर तोकिएको शुल्क तिरेर मात्र हल प्रयोग गर्नुपर्ने व्यबस्था रहेको प्रशासन शाखाका अधिकृत भरतराज पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री केपि शर्मा ओली निकट युवा समुहले भने कसैसँग अनुमति नै नलिईकन पोखरा सभागृहमा सभा गरेका छन् । कार्यक्रमको अनुमतिबारे पोखरा महानगरपालिकाका प्रशासन शाखाका अधिकृत भरतराज पौडेलले कार्यक्रमको बारेमा आँफुहरुलाई केहि जानकारी नभएको बताए । उनले भने–‘ आजको कार्यक्रमको बारेमा हामीलाई केहि जानकारी छैन । कुन दलले कोसँग सोधेर कार्यक्रम ग¥यो खबर छैन । हामीसँग कसैले पनि अनुमति लिएका छैनन् ।’
ओली समुहले पोखरा सभागृहमा अनुमति नलिई गरेको सभाको प्रमुख अथिति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ,पुर्वमन्त्रीहरु खगराज अधिकारी ,महेश बस्नेत लगायतको नेता कार्यकर्ता सहभागी भएका छन् ।

कमेन्टहरु
Loading...