माइतीघर मण्डलामा नाटक मञ्चन भयोः नेता पौडेल

पोखरा । साविक युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले माइतीघर मण्डलामा प्रचण्ड–नेपाल पक्षले सुरु गरेको आन्दोलनलाई नाटक मञ्चनको संज्ञा दिएका छन् ।

पोखरामा आज भएको कार्यक्रममा उनले प्रचण्ड–नेपाल समुहले गरेको आन्दोलनलाई नाटकको संज्ञा दिएका हुन् । ‘आज काठमाडौंको माइतीघर मण्डलामा रंगमञ्चको नाटक मञ्चन भइरहेको छ ।’ उनले भने, ‘पद तथा सत्ताको लोभमा उनीहरु आन्दोलनमा गएका छन् ।’

उनले कार्यक्रममा प्रचण्ड–नेपालको नेकपा समुहलाई लगातार कटाक्ष गरेका थिए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै भुकम्पको समयमा भारतले लगाएको नाकाबन्दीको विपक्षमा उभिएको बताए ।

नेता नेपालले योभन्दा अगाडि तत्कालीन एमालेको नेतृत्व गर्न नसकेको उनले आरोप लगाएका थिए ।

नेता नेपालले त्यो बेला एमालेलेलाई विभिन्न समस्याबाट जोगाएको भन्नु हांस्यास्पद भएको उनको भनाई थियो ।

‘एउटा बसका यात्रुले बसको डण्डामा समाएर, मैले तिम्रो बसलाई दुर्घटना हुनबाट जोगाए भन्नु र नेता नेपालले तत्कालीन एमालेलाई जोगाएँ भन्नु एउटै हो ।’ उनले कार्यक्रममा भने ।

कमेन्टहरु
Loading...