प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने चेतावनी दिएका छन् ।
बुधबार योहो टेलिभिजनको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दावी पनि गरे ।
प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा ओलीले भने, ‘उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।’
आफू विरामी हुँदा पनि आरामदायी कुर्सीमा बस्दा पनि ईष्या गरिएको बताउँदै उनले भने-‘माधव जीलाई मैले तृतिय अध्यक्ष त प्रस्ताव गरेकै हो अहिले द्धितिय अध्यक्ष बन्नु भएछ, सोफा पनि राम्रै देखिएको थियो ।’