काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । प्रचण्डलाई आज बसेको सांसदहरुको बैठकले संसदीय दलको नेता घोषणा गरेको हो ।
पार्टीका अर्का अध्यक्ष मावधकुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए ।
संसद भवनमा रहेको ल्होत्से हलमा बसेको बैठकमा उनपस्थित सांसदले प्रचण्डलाई संसदीय दलको नेताका रुपमा सर्वसम्मतले अनुमोदन गरेका हुन् । सो समुहले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा समेत प्रचण्डलाई नै प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो ।