प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले आज देशभर विरोध प्रदर्शन गर्दैछ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आज सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस र १२ गते केन्द्रीकृत जनप्रदर्शन गर्ने समितिको बैठकमा निर्णय भएको छ ।
बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको थियो ।