पूर्वमाओवादीका नेता टोपबहादुर रायमाझी तथा मणि थापा प्रधानमन्त्री ओलीको साथमा

काठमाडौं । पूर्व माओवादीका २ जना नेता टोपबहादुर रायमाझी तथा मणि थापा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लागेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका यी २ जना नेता पूर्व माओवादी हुन् ।

यस अगाडि पूर्व माओवादीबाट मन्त्री बनेका लेखराज भट्ट प्रधानमन्त्री ओलीतर्फ लागिसकेका थिए । थापा तथा रायमाझी यस अगाडि हिजोको ओली निकटका सांसदहरुको भेलामा सहभागी भएका थिएनन् । भट्ट भने उक्त भेलामा सहभागी थिए ।

पार्टीका दुवै जना अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै तरिकाले केन्द्रीय कमिटीको बैठक आह्वान गरेपछि सांसदहरु १ खेमामा विभाजित भएका छन् ।

कमेन्टहरु
Loading...