सबै गुटको भेला पार्टी फुटाउनका लागि हो, म कुनै भेलामा सहभागी हुन्नः नेकपा उपाध्यक्ष गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफू कुनै पनि गुटको भेलामा सहभागी नहुने स्पष्ट पारेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेता गौतमले पार्टी फुटको साक्षी बन्नका लागि आफू कुनै पनि गुटको भेलामा नजाने स्पष्ट पारेका हुन् ।

केपी ओली तथा अन्य नेताहरुले समेत अहिले विभिन्न भेला आयोजना गरिएको भन्दै उनले सो भेला पार्टी फुटाउनका भएको र पार्टी फुटको साक्षी आफू नबन्ने उनले बताएका हुन् ।

संसद भंगको गैरसंवैधानिक कदमको विरोध गर्ने तथा आफू अझै एकताको पक्षमा नै रहेको उनको भनाई छ ।

कमेन्टहरु
Loading...