काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ओली र प्रचण्ड जसको पक्षमा बहुमत हुन्छ, सोही पक्षमा लाग्ने संकेत दिएका छन् ।
पार्टीको आन्तरिक विवाद तथा संसदको विघटन पश्चात् तानातानमा परेका बादलले बहुमत जसको पक्षमा आउँछ उसलाई नै साथ दिने संकेत गरेका हुन् । आज भएको आफ्नो समुहको भेलामा भने बादलले केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड दुवैसंगको भेट र छलफल पश्चात् निर्णय लिने बताएका थिए ।
भेलामा बादललाई असंवैधानिक निर्णयको पक्ष नलिन नेताहरुले आग्रह गरेका थिए । नेता देव गुरुङका अनुसार बादलको भेलामा प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भएकाले विरोधमा उत्रिन सुझाव दिएका थिए ।