संसद विघटनविरुद्ध नेकपाका ८७ जना सांसद सर्वोच्च जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ८७ जना सांसदहरु सर्वोच्च अदालत जाने भएका छन् । हिजो आइतबार असंवैधानिक तरिकाले संसद विघटन गरिएको भन्दै नेकपाका ८७ जना सांसदले सर्वोच्च अदालत जाने तयारी गरेका हुन् । पार्टी नेतृ रामकुमारी झाँक्रीका अनुसार सबै सांसदहरुको पक्षबाट अधिवक्ता गोविन्द बन्दीले रिट दायर गर्ने भएका छन् ।

कमेन्टहरु
Loading...