मोडर्ना कम्पनीले निर्माण गरेको कोरोनाभाइरसविरुद्धको खोपले अमेरिकामा आपत्कालिन प्रयोगका लागि अनुमति पाएको छ ।
खोप तथा औषधि सम्बन्धी अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले मोदेर्नाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको बीबीसीले जनाएको छ । अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो ।
फाइजर र बायोएनटेकको खोपले अनुमति पाएको एक हप्तापछि मोडर्नाको खोपलाई पनि अनुमति दिएको हो ।
दुई खोपले स्वीकृति पाएसँगै कोरोना भाइरसको अमेरिकाले मोडर्नाबाट २० करोड डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । तत्काल ६० लाख खोप वितरणका लागि तयार छन् ।
अमेरिकामा हाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि विश्वकै सबैभन्दा धेरै रहेको छ । हालसम्म ३ लाख ११ हजार ५२९ जनाले ज्यान गुमाइसेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
१८ वर्ष र सोदेखि माथिका लागि यो खोपको जोखिमभन्दा फाइदा बढी रहेको जिकिर गरिएको थियो ।