लमजुङ । लमजुङको बेसीसहर नगरपालिका वडा नं. १ उदीपुरदेखि दोर्दी गाउँपालिका वडा नं.४ शेरासम्मको सडक कालोपत्रे गर्न सुरु गरिएको छ । उदीपुरदेखी–शेरासम्मको ७ किलोमिटर १२१ मिटर सडक कालोपत्रे हुने पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङमार्फत कालोपत्रेको काम सुरु भएको हो । पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार उक्त सडकको चौडा पार्ने, पक्की नाली बनाउने, टेवा पर्खाल लगाउने, अप्ठ्यारा ठाउँमा करिब ४ सय मिटर ढलान गरिने र बाँकी सडकमा कालोपत्रे गरिने छ ।
कालोपत्रे ४ सेन्टीमिटरको मोटाई हुनेछ । कालोपत्रे गरिने सडकको शिलान्यास गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हुन् । उनले अबको ३ वर्षमा सबै पालिकाको सदरमुकामसम्म ८ मिटरको फराकिलो कालोपत्रे सडक पु¥याउने बताए ।
सडक कालोपत्रेका लागि निर्माण व्यवसायी कन्टेक प्रा.लि. काठमाडौंसंग २६ करोड २९ लाख ६२ हजार २ सय ५१ रुपैयाँ ३९ पैसामा सम्झौता भएको छ । सडकका लागि २०७७ असार ३० गते सम्झौता भएको थियो ।