१ सय ८७ कुकुरको निःशुल्क बन्ध्याकरण

शिक्षा पन्त 

लमजुङ  । रेविज नियन्त्रणका लागी आइतबारदेखी मंगलबारसम्म सदरमुकाम बेसीशहरमा संचालित निःशुल्क बन्ध्याकरण शिविरमा १ सय ८७ कुकुरको बन्ध्याकरण गरिएको छ ।

१ सय १७ सामुदायिक कुकुर र ७० वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको हो । शिविरमा १ सय ५ भाले कुकुर र ८२ पोथी कुकुरको बन्ध्याकरण गरेको बेसीशहर नगरपालिका पशु विकास शाखाले जनाएको छ ।

पहिलो दिन आइतबार २७ वटा, दोस्रो दिन सोमबार ७२ वटा र तेस्रो दिन मंगलबार ९६ वटा कुकुरको बन्ध्याकरण गरिएको हो ।

२ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्याका साथ शिविर संचालन गरिएको भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठले बताए ।

बेसीशहर नगरपालिकाको व्यवस्थापनमा भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङ र केन्द्रिय रिफरल पशु चिकित्सालय काठमान्डौको आयोजनामा कुकुरहरुको लागि ३ दिने निशु्ल्क बन्ध्याकरण शिविर संचालन गरिएको हो ।

रेविज रोगको कारण गतवर्ष बेसीशहरमा एकजनाको मृत्यु भएकोले नगरपालिकाले भुस्याहा कुकुरको संख्या कम गरि रेविज रोग नियन्त्रण गर्नका लागि शिविर संचालन गरिएकोे बेसीशहर नगरपालिकाले जनाएको छ ।

शिविरका लागि बेसीशहर नगरपालिकाले व्यवस्थापन र भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले औषधि लगायतको आवश्यक सामाग्री सहयोग गरेको हो ।

कमेन्टहरु
Loading...