पोखरामा थप २८ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पोखरा १ का ३ जना, २ का २ जना, ४ का १ जना, ५ का २ जना, ७ का १ जना, ८ का १ जना, १० का १ जना, १३ का १ जना, १४ का ३ जना, १५ का ३ जना, १६ का २ जना, १७ का ५ जना, २२ का १ जना, २६ का १ जना तथा वडा नम्बर ३० का १ जना रहेका छन् ।

पोखरामा १६ तथा माछापुच्छ«े गाउँपालिकामा १ सहित कास्कीमा यसअगाडि १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यो समाचार तयार पार्दासम्म कास्कीमा आज ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ४४ जना पोखरा तथा माछापुच्छ«े गाउँपालिकाका १ जना रहेका छन् ।

यस्तै बाग्लुङ तथा लमजुङमा १/१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ५ सय ५६ पुगेको छ ।

कमेन्टहरु
Loading...