आजको मौसम : गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा शनिबार आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने जनाएको छ ।

अहिले भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको केही प्रभाव नेपालमा पनि रहेको छ ।हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । अरु क्षेत्रको मौसम सामान्यतय सफा रहेको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकि स्थानमा आंशिक बदली हुनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकि क्षेत्रमा आंशिक बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।

कमेन्टहरु
Loading...