पोखरा । पोखरामा आज ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पहिलो अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५९ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
२ नम्बर वडामा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २३, ३३ र ५७ वर्षीय ३ जना महिला तथा ६५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ३ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २९ र ६२ वर्षीय २ जना महिला तथा ६५ वर्षीय १ जना पुरुष हुन् ।
वडा नम्बर ६ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
८ नम्बर वडामा १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ७४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ९ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३६ वर्षीय १ जना महिला तथा ४८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
१० नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमितहरु ५० वर्षीय १ जना महिला तथा ७८ वर्षीय १ जना पुरुष हुन् ।
पोखरा ११ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ र ३३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १२ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ र ७२ वर्षीय २ जना महिला तथा ७५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मा २४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
१५ नम्बर वडामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १६ मा ४७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १७ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २२ र ३५ वर्षीय २ जना महिला तथा २८ र ३५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १९ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २८ र ५६ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
२३ नम्बर वडाकी ४० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
पोखरा २६ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २५ र ६१ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ३० का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ३१ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २१ र ३४ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
स्याङ्जामा २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ का ७० तथा ३ का ४० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यता तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ४ सय ३२ पुगेको छ ।