गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको ‘झन् झन् माया बढ्यो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।
संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ।
संगीतकार मास्के पछिल्लो समयका ब्यस्त संगीतकार हुन्। मास्केको संगीतमा चलेका सबै जसो गायक गायिकाले गीत गाएका छन्।
लामो समय देखि बेल्जियममा बस्दै आएका गायक तथा समाजसेवी नारायण धिताल डेढ दशक देखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छन्। यसअघि धितालका थुप्रै गीत सार्वजनिक भई सकेका छन्।
धितालले तिनवटा सोलो एल्बम सार्वजनिक गरि सकेका छन् ।
सार्वजनिक भिडियोमा संचारकर्मी,गीतकार तथा मोडल नरेश भट्टराई र एलिजा गौतमको अभिनय रहेको छ। एलिजा गौतमले छोटो समयमा नै एक दर्जनभन्दा धेरै भिडियोमा अभिनय गरि सकेकी छन्।
उनले पछिल्लो समय चलेका प्राय सबै मोडलहरु संग भिडियोमा स्क्रीन शेयर गरि सकेकी छन्।
भिडियोलाई युबराज वाइवाले निर्देशन गरेका हुन्।
युवराज वाइवा भिडियो निर्देशनमा पछिल्लो समय व्यस्त निर्देशक हुन् । उनले तिन सय पचास भन्दा धेरै भिडियोको निर्देशन गरिसकेका छन्। निसाल पौडेलले छायाँकन गरेको भिडियोलाइ बिकाश दाहालले सम्पादन गरेका छन्।
भिडियो गायकको आफ्नै च्यानल यु ट्युब च्यानल खुसीको पल मार्फत सार्वजनिक गरिएको छ।